काठमाडौं, मंसिर २९ः अनलाई मार्फत सट्टेबाजी गराउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका २ टोखा चण्डेश्वरी बस्ने सुजन गौली रहेका छन् ।
विश्वकप लगायत अन्तराष्ट्रिय खेल प्रतियोगितामा विभिन्न एप्स मार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरु सक्रिय रहेको सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीको विशेष टोलीले उनलाई बुधबार काठमाडौं महानगरपालिका २८ कमल पोखारीबाट पक्राउ गरेको हो ।
गौलीलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तरगत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए ।