अनलाइन क्षेत्रलाई व्यवस्थित गर्न कानूनकाे आवश्यकता : मन्त्री शर्मा

| 2023 Jun 20 | 02:54 pm 1393

 

काठमाडौं, असार ५। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाईन सम्बन्धि कानूनको अभावका कारण व्यवस्थीत हुन नसकेको बताएकी छिन् ।

राजधानीमा आयोजित अनलाइन टेलिभिजनको चुनौती र अवसर विषयक कार्यक्रममा बोल्दै मन्त्री शर्माले अनलाईन क्षेत्रलाई पारदर्शी बनाउनका लागि कानूनको आवश्यकता पर्ने भएकोले सरकार त्यसतर्फ केन्द्रित रहेको बताएकी छिन् ।

अनलाईन क्षेत्रलाई समेट्न पर्ने कानून भनेको आम सञ्चार ऐन सम्बन्धी कानून र सूचना प्रविधि ऐन हो, यसलाई व्यवहारमा उतार्न सरकार कटिबद्ध रहेको पनि मन्त्री शर्माले बताइन् । जहाँ समस्या छ त्यहा समाधानको उपाय पनि हुने भएकोले मिडिया क्षेत्रको लागि अनलाईन धेरै महत्वपूर्ण भएकोले सरकार गम्भिर रहेको शर्माको भनाई रहेको थियो ।

मन्त्री शर्माले सामाजिक सञ्जाल जीवनको लागि अति आवश्यक विषय भए पनि यसको सहि सदुपयोगका लागि सचेतनामूलक कार्यक्रमहरु चलाउन पनि अति आवश्यक रहेको बताईन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.