अनलाइनबाट जुवा खेलाउने ४ जना पक्राउ

रिपोर्ट नेपाल | 2023 Jun 26 | 07:00 pm 2949

काठमाडाैं, असार ११ ।  उपत्यकाको बिभिन्न ठाँउमा बसी अनलाइन मार्फत जुवा खेलाउने   राजा चौधरी लगायत ४ जनालाइ काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले पक्राउ गरेकाे छ ।

उनीहरूले वान एक्स बेट वाहेक अन्य विभिन्न अनलाइन गेम्बलिङ र क्यासीनाेमा अनलाईन मार्फतबाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई जुवा खेलाएका थिए ।  यसबाट हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाकोआधारमा प्रहरीले राजधानीकाे विभिन्न ठाउँबाट पक्राउ गरेकाे जनाएकाे छ ।

पक्राउ परेका चारै जनालाइ आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाएकाे छ ।

विस्तृत विवरण यसप्रकार छः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.