अध्यक्ष प्रचण्डले गरे नेकपा चियापान शुभारम्भ

| 2018 Oct 27 | 12:49 pm 2012

काठमाडौं, कार्तिक १०: नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार आयोजना गरेको चियापान कार्यक्रमको शुभारम्भ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

शुभारम्भ कार्यक्रममा बोल्दै चाडपर्वको अवसरका कुनै राजनीतिक कार्यक्रम नभए पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको जनाउँदै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यलाई जोड दिनुपर्ने बताए। उनल भने, ‘नेपालीले मनाउँदै आएका चाडबाड र सांस्कृतिक पर्वका अवसरमा ऐतिहासिक परम्परा तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु र समयानुकूल रूपान्तरण गर्दै जानु आजका दिनमा राज्य र पार्टीका दायित्व भएको भनिएको छ ।

नेकपा शिर्ष नेताहरु भृकुटीमण्‍डपको बगैंचास्थित गेट अघि लामबद्ध अतिथिको स्वागत गरिरहेका छन्।

पार्टीका महासचिव विष्णु पौडेलका अनुसार राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने हुँदा चियापानमा सहभागी निम्‍तो दिइएको हो।

काठमाडौँको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि आयोजना गरिएको कार्यक्रम बेलुका ५ बजेसम्म चल्‍नेछ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता दिइएपनि करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ।

कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.