अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक

रिपोर्ट नेपाल | 2018 Jul 04 | 09:36 pm 3900

काठमाडौँ, असार २० : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक परेको छ ।

उनकी माता नारायणीदेवी श्रेष्ठको आज निदान अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि मधुमेहलगायतका रोगबाट पीडित थिइन ।

उनका दुई छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको काउन्सिलका प्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.