अध्यक्ष ओलीलाई झाँक्रीकाे गाेली

रिपोर्ट नेपाल | 2021 Mar 30 | 12:54 pm 11245

काठमाडौं, चैत १७ः नेकपा  एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्चकाे निर्णयपछि पार्टीका नेताहरूलाई फकाउने र तर्साउने कार्यलाई तिब्रता दिएका छन् ।

यसै क्रममा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई साेमबार कारवाही गरेपछि अध्यक्ष ओलीप्रति नेता कार्यकर्ताहरू आक्राेशित बनेका छन् ।

छ महिना साधारण सदस्यता र सबै जिम्मेवारीबाट अध्यक्ष ओलीले दुई नेतालाई अपदस्त गरेपछि केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकि छन् । उनले एक स्टाटस लेख्दै कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही जस्ता रहेको आरोप लगाएकी छन्।

उनले लेखेकी छन्,“कमजोरहरूको अन्तिम अस्त्र हो – जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।”

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.