अधिनायकवादमा स्वतन्त्र प्रेसको परिकल्पना गर्न नसकिने

| 2018 Jul 02 | 07:00 pm 3314

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तिका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रियामा अतिथिका रुपमा मन्तव्य राख्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले पुनः एकपटक अधिनायकवाद र स्वतन्त्र प्रेसको अधिकारका लागि लड्नुपर्ने बताएका छन् । उनले अधिनायकवादमा स्वतन्त्र प्रेसको परिकल्पनासमेत गर्न नसकिने विचार अघि सारे ।

‘लोकतन्त्रमा प्रेसको भूमिका’ विषयको सो अन्तरक्रियामा कांग्रेसका सचेतक पुष्पा भुसालले सरकारले संसद् बाहिर पत्रकारलाई र संघीय संसदभित्र कांग्रेसलाई देखाएको व्यवहार सर्वसत्तावादी भएको बताइन् भने वरिष्ठ पत्रकार हरिहर विरहीले प्रेसमाथिको हमला क्रमशः बढ्दै गएको टिप्पणी गरे ।

अन्तरक्रियामा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले कम्युनिष्टहरु वर्गीय सोचभन्दा माथि उठ्न नसक्ने बताए ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्यले लोकतन्त्रको सुदृढीकरणमा नेपाली प्रेस पुनः एक पटक गोलबद्ध हुनुपर्ने समय आएको बताए ।

उक्त अन्तरक्रियामा पत्रकार त्रिपाठीले प्रस्तुत गरेको कार्यपत्रमाथि विभिन्न पत्रकारले टिप्पणी गरेका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.