अधिकारकर्मी कृष्ण पहाडी सहित प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 Jun 15 | 01:51 pm 2529

काठमाडौँ, जेठ ३२ । नेपाली नागरीकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनिने गिरोहलाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहित झण्डै डेढ दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसद् भवनको ३ नम्बर गेट रहेको पानी ट्याङ्की अगाडि प्रदर्शन गर्दा उनीहरु पक्राउ परेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा विगत एक सातादेखि बहस जारी छ । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् । बहस सकिएपछि थुनछेकबारे आदेश जारी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.