-
महेश सिंह महतो
सिरहा, जेठ २४: जिल्लाको अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन सेवाग्राहीले घुस नदिइए कामै नबन्ने अवस्था देखिएको छ ।
जिल्ला समन्वय समितिका एक इन्जिनियर, कल्याणपुर नगरपालिका लगायतका कार्यालयका आधा दर्जन कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
सिरहाको १७ स्थानीय तह मध्ये १० भन्दा बढी पालिकामाथी अख्तियारमा उजुरी परेको छ।
सिरहाको नापी कार्यालय लहानमा नक्सा बनाएवापत रकम दिँदै सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको हो ।
सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भईरहेको अवस्था देखिएको सतर्ककता केन्द्रले गरेको अध्ययनले देखाएको छ । सेवाग्रहीले सामान्य भन्दा सामान्य काम गर्नु पर्दा पनि घुस तिर्नुपर्ने बाध्यता रहेको सिरहाका सरकारी कार्यालयहरुमा रहेको एक तथ्याङ्कले देखाएको छ ।
घुस लिन क्रममा अख्तियार दुरुपयपोग अनुसन्धान आयोगले एक वर्षमा आधा दर्जन कर्मचारीलाई पक्राउ समेत गरेका छन् ।
अख्तियारले लहानको नापी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, मालपोत कार्यालय , । सिरहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस विना काम नगरिदिने अवस्था रहेको हो ।
सरकारी अड्डामा मौलाएको घूसखोरीले सेवाग्राहीमा मार्कमा परेको सतर्कता केन्द्रले गरेको अध्ययनले निष्कर्ष निकालेको छ ।