अदालतले तय गर्दै तमिलनाडुका मुख्यमन्त्रीको अन्तिम संस्कारको स्थान

रिपोर्ट नेपाल | 2018 Aug 08 | 08:41 am 1911

मुम्बर्इ, साउन २३: तमिलनाडुका पूर्व मुख्यमन्त्री र डिएमकेका दिवंगत नेता एम. करुणानिधिको पार्थिक शरिर मरिना बीचमा गाडिने कि नगाडिने भनेर बुधबार बिहान मद्रास उच्च न्यायालयले निर्धारण गर्ने बताइएको छ।

यसबारे मंगलबार राती उच्च न्यायालयका मुख्य न्यायाधिसको घरमा सुनुवाई सुरु भएको थियो जसलाई बुधबार बिहानसम्मका लागि स्थगित गरिएको थियो। अदालतले राज्य सरकारसँग यसबारे जवाफ मागेको छ।

डीएमकेले तमिलनाडुका राजनीतिक दिग्गजको अन्तिम संस्कार गरिएको स्थानमा नै आफ्नो नेताको अन्त्येष्टि गरिनुपर्ने माग राखेको थियो । तर प्रदेशको एआईएडीएमके सरकारले यसको अनुमती दिएन।

डिएमकेले यसका लागि उच्च न्यायालयको ढोका ढक्ढकायो र अबेर राती भएपनि अदालत बस्यो। अदालतले सरकारलाई बिहान आठ बजेसम्म जवाफका लागि समय दिएको छ ।

जुलाई २८ तारिखदेखि अस्पतालमा भर्ना भएका करुणानिधीको मंगलबार बेलुका ६ बजेर १० मिनेटमा निधन भएको हो। उनी ९४ वर्षका थिए।

उनको पार्थिक शरिर उनको निवास गोपालपुरम पुर्याइएको छ। बुधबार उनको शव राजाजी हलमा राखिनेछ।

डीएमकेका कार्यकारी अध्यक्ष एम के स्टालिनले आफ्नो पिताको नाममा एक भावुक पत्र पनि ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘मैले तपाईंलाई पिताभन्दा बढि एक नेताको रुपमा सम्बोधन गरेको छु । अब एक पटक, मेरा नेता, के म तपाईंलाई बुवा भनेर बोलाउन सक्छु?’

राहुल–रजनीले मरिन बीचमा स्थान पाउनुपर्ने भन्दै अपिल गरेः

सरकारले अन्ना विश्वविद्यालयको अघिल्तिरको दुई एकड जमि उपलब्ध गराउन तयार भएको बताएको छ । यो इलाका मरिन बीचभन्दा आठ किलोमिटर टाढा छ ।

करुणानिधिका छोरा एमके स्टालिन, एमके अलागिरी र छोरी कनिमोझीले भने उनको पिताले अन्ना दुरेको समाधि नजिकै स्थान पाउन् भन्ने इच्छा व्यक्त गरेका छन् ।

डीएमकेका समर्थकले मरिना बीचमा करुणानीधीको अन्तिम संस्कार हुनेपर्ने मागमा तोडफोड पनि गरेका छन् ।

कांग्रेस अध्यक्ष राहुल गान्धी पनि करुणानिधीको अन्त्येष्टी मरिना बीचमा नै हुनुपर्नेमा समर्थन गरेका छन् ।

राहुलले ट्वीट गरेका छन्, ‘जयललिला जी जस्तै करुणानीधी पनि तमिलका आवाज थिए । त्यो आवाजले मरिन बीचमा स्थान पाउनुपर्छ । मलाई विश्वास छ कि तमिल नाडुका नेता यो दुःखको घडीमा उदार व्यवहार देखाउनेछन् । ’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.