अदालतबाट हत्कडीसहित चोरी मुद्दाका अभियुक्त फरार

रिपोर्ट नेपाल | 2018 Dec 26 | 06:25 pm 2305

काठमाडौं, पुस ११ :  जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार भएका छन् । सिन्धुपाल्चोकका लालकाजी तामाङ जिल्ला अदालत, काठमाडौंबाट  फरार भएका हुन् ।

तामाङलाई  अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएकाे प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले  बताए ।  फरार भए लगत्तै उनकाे उनको खोजी भइरहेको समेत डीएसपी बोगटीले  बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.