बागलुङ, असार ६ः प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको फरार अभियुक्तलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने सोचलाई बागलुङ प्रहरीले तिब्रताका साथ लागु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि विभिन्न मद्दामा कैद जरिवाना सजाय पाएर फरार भएका बीस अभियुक्तलाई पक्राउ गरी बुझईएको छ ।
एक महिनाको छोटो अवधिमा लामो समयदेखि फरार भएका अभियुक्तलाई पक्राउ गर्नु बागलुङ प्रहरीको सफलता हो । फरार रहेर पक्राउ पर्नेमा बैदेशिक रोजगार कसुरमा प्रकाश शर्मा, लागूऔषधमा सविन पाइजा, जालसाजीमा पदमपानी उपाध्याय, ज्यानमार्ने उद्योगमा सन्दीप चर्माकार, जुवामा हिराबहादुर पाइजा, रामबहादुर रेग्मी, बैकिंङ कसुरमा रोमन छन्त्याल, बहुविवाहमा सुरेन्द्र खड्का, हातहतियार खरखजनामा खगेन्द्र सुनार, पशुपंक्षी सम्बन्धमा लुत्रमान श्रीपाली, हातहतियार खरखजनामा यम बहादुर घर्ती, टेकबहादुर रोका, चित्रराज कडेल, होमबहादुर रोका, खिमानन्द कडेल, सार्वजनीक अपराधमा सुरेन्द्र घर्ती थापा जिसी, चोरीमा लालबहादुर गलामी र राजु मल्ल रहेका छन् ।