अत्यावश्यक बाहेक सबै सेवा बन्द

रिपोर्ट नेपाल | 2020 Mar 22 | 01:01 pm 1713

काठमाडौं, चैत ९: कोभिड १९ को जोखिम कम गर्न तथा रोकथामका लागि आजबाट अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द गरिने भएको छ ।

कार्यालयमा हुने भीडभाडको कारण संक्रमण फैलन सक्ने भन्दै सरकारले आजदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी र बिक्री वितरणको कार्य भने सञ्चालन हुनेछ । साथै टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवा र फोहोर ढुवानी तथा विसर्जन लगायत सेवा भने खुल्लै हुनेछन् ।

यसैगरी हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा पनि बन्द नहुने सरकारले जनाएको छ ।

अन्तराष्ट्रिय हवाइ उडान पनि चैत १८ गतेसम्मका लागि बन्द गरिएको छ भने लामो दुरीका सवारी सञ्चालमा समेत भोलिबाट पुर्ण रोक लगाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शुक्रबार देशवासीको नाममा गरेका सम्बोधनमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने घोषण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.