गोरखा, कात्तिक १ : महान पर्व दशैं मनाउने क्रममा अत्याधिक मदिरा सवेन गर्दा एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । स्थानिय सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको बताए ।
उनको मृत्यु अत्याधिक मदिरा सेवनका कारण हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए ।