अत्यधिक मदिरा सेवनका कारण धनुषामा पाँच जनाको मृत्यु

| 2020 Mar 13 | 12:07 pm 1957

धनुषा, फागुन ३०: अत्यधिक घरेलु मदिरा सेवनका कारण धनुषामा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय राम नारायण महरा र ३० वर्षीय राजु महरा रहेका छन् ।

उनीहरुले क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएकोे प्रहरीले जानकारी दिएको छ ।

सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

गाउँलेहरुले सुरुमा उनीहरुको कालगतिले मृत्यु भएको बताएका थिए । प्रहरी निरीक्षक नायकले भने, पुनः दुई जनाको मृत्यु भएपछि हामीले घट्नास्थलमा जाँदा अत्यधिक मदिरा सेवनले उनीहरूको मृत्यु भएको देखिएको छ ।

घरेलु मदिराकै सेवनबाट अर्का एकजना ग’म्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरी निरीक्षक नायकले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.