अत्यधिक मदिरा सेवनका कारण गुल्मीमा २ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Aug 21 | 03:43 pm 2348

गुल्मी, भदौ ५ः गएराति अत्यधिक मदिरा सेवनका कारण गुल्मीमा २ जनाको मृत्यु भएको छ ।

मत्यु हुनेमा इश्मा गाउँपालिका–२ पालुखाका ३१ वर्षीय चुराबहादुर कुँवर र मालिका गाउँपालिका वडा नं ७ घमिरका ३६ वर्षका बकबहादुर विक रहेका छन् ।

कुँवर गएराति आफ्नै बारीमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

त्यस्तै विक शुक्रबार बिहान भानुपोखरामा मृत फेला परेका पन्तले जानकारी दिए।

कुँवर र विकको मदिरा सेवनकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.