अत्यधिक जाडोका कारण अमेरिकामा ८ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jan 31 | 11:56 am 2752

काठमाडौं, माघ १७ : आकर्टिक वायुका कारण अमेरिकाको मिडवेस्ट क्षेत्रमा बुधवार तापक्रम कीर्तिमान रूपमा घटेको छ । पोलर भोर्टेक्स भनिने आर्कटिक वायुले मिडवेस्टका बासिन्दालाई अत्याएको छ ।

बुधवार बेलुकासम्ममा वायुका कारण कम्तीमा आठजनाको मृत्यु भएको बताइएको छ । इलिनोईमा घर जान लागिरहेका एक वृद्ध व्यक्ति चिसोका कारण बाटैमा लडेको धेरै समयपछि सडकमा मृत अवस्थामा भेटिएका थिए ।

आयोवा विश्वविद्यालयका एक विद्यार्थी बिहान हुनुभन्दा लामो समयअघि एकेडमिक हलमा मृत भेटिएका थिए । शिकागोमा एकजना व्यक्ति हिउँ हटाउने यन्त्रले ठोकिएर मरेका छन् भने एक जोडीको एसयूभी गाडी उत्तरी इन्डियानाको

हिउँले ढाकेको सडकमा अर्को गाडीसँग ठोकिएको थियो ।

अनि मिलवाउकीका एक व्यक्ति गराजमा जमेर मरेको अवस्थामा फेला परेको अधिकारीहरूले बताए ।

शिकागो लगायतका स्थानमा बुधवार र बिहीवार धेरै शहरमा कक्षाहरू रद्द गरिए । प्रहरीले हिउँले ढाकिएका राजमार्गमा गाडी नचलाउन चेतावनी दिएको छ ।

शिकागोमा तापक्रम माइनस ३० सेल्सियसम्म झरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.