अतिरिक्त महानिरीक्षक राईको विदाई

| 2023 Aug 23 | 07:26 pm 2497

काठमाडाैं, भदाै ६ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले छाेटो समयमा लामो समय सम्म सम्झने लायकको कार्य गरेर सहयोग गरेको भन्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका उच्च तह देखि सकल दर्जाका सबै प्रहरी कर्मचारीलाई धन्यवाद दिएका छन् ।

अतिरिक्त महानिरीक्षक राईले प्रतिष्ठानमा आयोजित फेरी भेटाैला कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

नेपाल सरकार मन्त्रीपरिषदको साउन ३० को निर्णयबाट प्रशिक्षण प्रतिष्ठानबाट प्रधान कार्यालयको मानव श्रोत विकास विभागमा सरुवा भएका राईलाई विदाई गर्दै सम्मान गारद समेत अर्पण गरिएको थियो । राईको स्थानमा मानव श्रोत विकास विभागबाट सन्दिप भण्डारीलाई सरुवा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.