अतिथिहरुकाे सम्मानमा प्रधानमन्त्रीद्वारा रात्रिभोज

| 2018 Aug 30 | 09:26 pm 3075

काठमाडौँ, भदौ १४: आज उद्घाटन भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी भएका सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका धर्मपत्नी राधिका शाक्यले आज साँझ राजधानीमा रात्रिभोजको आयोजना गरेका छन् ।

नेपाली समाजको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखका श्रीमान्श्री/मती सहभागी भएका थिए । बिम्स्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग पनि परिचय गराएका थिए ।

आजको रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको समेत उपस्थिति रहेका थिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनकी धर्मपत्नी सरस्वती अर्यालले सदस्य देशका विशिष्ट अतिथिहरुको स्वागत गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.