अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित बाँके र दाङबाट दुई जना पक्राउ

| 2021 Jul 08 | 05:19 pm 2521

बाँके, असार २४ः अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित बाँके र दाङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नेपालगन्ज–१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेष रहेका छन् ।  उनलाई प्रहरीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहबाट एकथान अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साइकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोल्सहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

त्यसैगरी दाङको दंगीशरण गाउँपालिका–२ स्थित तिलकन्या सामुदायिक वनबाट एकथान भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध भरुवा बन्दुक साथमा लिई सिकार खेल्न हिँडेको अवस्थामा प्रहरीचौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.