अज्ञात समूहले चलाएको गोली लागेर महाेत्तरीमा एक युवक गम्भिर घाइते

रिपोर्ट नेपाल | 2021 Apr 01 | 09:59 am 3333

महोत्तरी, चैत १९ः बुधबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर महाेत्तरीमा एक युवक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बर्दिवास नगरपालिका–१ का ३० वर्षीय रोशन कोइराला रहेका छन् ।

जनकपुरको औरही नगरपालिका–६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोली लागेर राेशन घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको आचार्यले बताए । गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

कोइराला औरहीतर्फ गएको बेलामा बुधबार राति करिब ७ः३० बजेतिर उनीमाथि गोली प्रहार भएको एसपी आचार्यले जानकारी दिएका छन् । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.