कपिलवस्तु, फागुन २२: अज्ञात समूहद्वारा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा गएराति ६ वटा गाडीमाथि आगजनी गरेको छ।
लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा आगजनी भएको प्रहरीले जानकारी दिएको हो।
उक्त आगलागी राति करिब पौने १ बजे घटना भएको प्रहरीले अनुमान छ । आगलागीमा ना १ क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६ च ५२५० नम्वरको बोलोरो जिप र से १ क ७०, बा २ क १४७३ नम्बरको स्काभेटर जलाइएको प्रहरीले जनाएको हो।
कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २ लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीको भनाइ छ।
आगलागीबाट जेसिभी, स्काभेटर र स्कारपियो पूर्ण रुपमा क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।
राति सडक बनाउन बस्ने कामदारको कोठामा बाहिरबाट चुकुल बन्द गरेर गाडीमा आगजनी गरेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए।
आगो किन र कस्ले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले बताए।
अहिले इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचाबाट घटनास्थलमा प्रहरी पुगिसकेको बताइएको छ।