अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

रिपोर्ट नेपाल | 2019 Jul 31 | 04:30 pm 2338

मेलम्ची, साउन १५  : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।

आगजनीबाट वडा कार्यालयको कागजातसहित टेबल कुर्सी नस्ट भएको वडाध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिए ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी टोली पुगेपनि अधिकांश कागजात र टेबल कुर्सी जलिसकेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको भन्दै घटनामा कसको संलग्नता रह्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.