अज्ञात समूहद्वारा चार वटा स्काभेटरमा आगजनी

रिपोर्ट नेपाल | 2020 Jun 08 | 01:13 pm 2099

दाङ, जेठ २६ः अज्ञात समूहद्वारा दाङकाे देउखुरीमा  चार वटा स्काभेटरमा आगजनी गरेको छ ।

गएराति देउखुरीको कालाकाटे–गढवा हुलाकी सडक खण्ड निर्माणमा प्रयोग भएका बज्रगुरु कन्ट्रक्सन प्रालिका चार वटा स्काभेटरमा  आगजनी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठोरले जानकारी दिए ।

गढवा गाउँपालिका–१ जेठानगाउँ स्थित राप्ती नदिमा पार्किङ गरी राखेका बा २ क ३१४८, बा २ क २२७१, बा २ कक ४४८२ र एउटा अनटेष्ट स्काभेटरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राठोरले बताए । आगजनीबाट ४ करोड बढिको क्षति भएको प्रहरीकाे अनुमान रहेकाे छ ।

राति करिव १२ देखि १ बजेको समयमा आगजनी भएको हुन सक्ने प्रमुख राठोरले जानकारी दिए । आगजनीबाट सबै स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । स्काभेटरमा आगजनी गर्ने समूहको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.