काठमाडौं, माघ २२ः बिहीबार बिहान अज्ञात समूहले गोंगबुमा राेकिराखेकाे ट्याक्सीमाथि आगजनी गरेका छन् ।
प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । उक्त ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको बताइएकाे छ ।
सिंहका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका थिए । आगलागीबाट उक्त ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइएको बताइएकाे छ ।
प्रचण्ड–नेपाल पक्षले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल जनाएको छ ।
अहिलेसम्म प्रहरीले आम हड्ताल गर्दै हिड्ने ५६ जनालाई प्रहरीले पक्राउ गरिसकेको महानगरिय प्रहरी महशाखाका वरिष्ठ उपरीक्षक अशोक सिंह जानकारी दिए।