अज्ञात समुहद्वारा सांसद् सिंहले प्रयाेग गर्ने गाडीमा आगजनी

| 2021 Jan 01 | 09:41 am 1617

सुर्खेत, पुस १७ः अज्ञात समुहद्वारा कर्णाली प्रदेश सभाका सांसद् अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहले प्रयाेग गर्ने गाडीमा आगजनी भएको छ।

कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको गाडी भेरी नगरपालिका ७ पुनमा  गएराती  १० बजे तिर आगजनी भएको प्रहरीले जानकारी दिएकाे हाे।

आगजनीबाट गाडी पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

केही दिनअघि गाडीले घाँस बोकेका कारण विवादमा आएको थियो। गाडी कुन कामका लागि पुनमा गएको थियो भन्ने हालसम्म नखुलेको बताइएकाे छ। आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.