लहान, फागुन १० : आज (शुक्रबार) बिहान सिरहाको लहानमा अज्ञात समूहले विभिन्न राष्ट्रिय पत्रिकाहरु जलाइएका छन् । लहानमा रहेको सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएका पत्रिकाहरु कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४ सय प्रति पत्रिका जलाइएको छ ।
पत्रिका पसल खोल्नका लागि बिहान पसलमा पुग्दा पत्रिका जलिरहेको पसल सञ्चालक दिनेश देवले जानकारी दिए । उक्त पत्रिका कसले र किन जलायो यसबारेमा केही पनि थाहा नभएको दिनेशले बताए ।
केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर, काठमाडौँ पोस्टलगायतका पत्रिका पनि चोरी भएको जनाए ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।