अछाम, जेठ २९: जंगली भालुको आक्रमणबाट अछाममा एकजना घाइते भएका छन् । घाइते हुनेमा साफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाका ६१ वर्षीय धुलु सुनार रहेका छन् ।
बुधबार बाब्लाको ओला जाने क्रममा गोडा खोला भन्ने जङ्गलमा भालुले आक्रमणमा परेको स्थानीयले जानकारी दिए । त्यस क्षेत्र भौगोलिक रूपमा बिकटका साथै घना जङ्गल भएकोले घटना भएकाे बुझिएकाे छ । घाइतेलाई घटनास्थलबाट दुई घण्टाको बाटो बाेकेर बाब्ला पुर्याइएको स्थानीय उद्धारकर्ताले बताए ।
घाइते सुनारको अनुहारमा गहिरो चोट लागेको छ । सुनारको अहिले बयालपाट अस्पतालमा उपचार भइरहेको बताइएकाे छ ।