अछाममा ढुङ्गाले च्यापिएर बालकको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 01 | 03:20 pm 1249

अछाम, मंसिर १४ः तरुल खन्ने क्रममा ढुङ्गाले च्यापिएर मङ्गलसेन नगरपालिकामा एक बालकको ज्यान गएको छ । मङ्गलसेन नगरपालिका –११ खिमाडा निवासी १४ वर्षका गौतम भुलको ज्यान गएको हो ।

गाउँ नजिकै रहेको पडानी भन्ने स्थानमा भाइसहित तरुल खन्न गएका गौतमको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष नरबहादुर भण्डारीले जानकारी दिए । मृतक बालक मङ्गला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओलीगाउँमा कक्षा ५ मा अध्ययनरत थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.