अछाम, साउन ४ः अछाममा डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा डोजरमा सवार अछाम ढकारी गाउँपालिका–२ का ३६ वर्षीय रामबहादुर साउद रहेका छन् ।
मंगलसेन नगरपालिका–१४, कालागाउँमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
दुर्घटनामा घाइते भएका डोजरका चालक र परिचालकलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । कालागाउँबाट ठाँटीखाँदतर्फ जाँदै गरेको ‘अनटेष्ट’ लेखिएको डोजर आइतबार राति करिब साढे आठ बजे सडकबाट अन्दाजी ७० मिटर तल खसेको जनाइएको छ ।