अछाम, चैत ५: एकजना जनप्रतिनिधिको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउद रहेका छन् ।
उनको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार भीरबाट लडेर मृत्यु भएका उनको बुधबार बिहान मात्र शव भेटिएको बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले भीरबाट लडेर ज्यान गएको पाइएको जनाइएको छ । थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा प्रस्थान गरेको बताइएको छ । ।