अचार व्यवसायबाट राम्रो आम्दानी

रिपोर्ट नेपाल | 2022 Mar 25 | 07:40 am 1617

नवलपरासी, चैत ११ः पश्चिम नवलपरासीको सुनवलमा महिलाको एक समूह अचार व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको छ । सुनवल नगरपालिका–१ को सो समूहले एक वर्षदेखि सुनवल अचार उद्योग स्थापना गरी विभिन्न प्रकारका अचार उत्पादन गर्दै आएको समूहकी संयोजक समीक्षा सिजापतीले बताइन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट तीनमहिने तालिम लिएपछि सुनवल–१ मा महिलाले समूह गठन गरेका थिए । चार जना महिलाको यो समूहले अकबरे खुर्सानी, अमला, लप्सी, च्याउ, गुन्द्रुक, तामा, मूला, गाजरलगायतका तरकारीजन्य वस्तुको समेतबाट अचार बनाएर बिक्री वितरण गर्दै आएकामा काम गरेअनुसारको दाम पनि कमाउन सफल भएको समूहकी अर्की उद्यमी झरना बरालले बताइन् ।

सो समूहले उत्पादन गरेको अचारले छ महिनामा नै राम्रो बजार पाएको समूहले जानकारी दिएको छ । समूहले सुरुमा एक लाख रुपियाँको लगानीबाट अचार उद्योग सुरु गरेको थियो । समूहले उत्पादन गरेको अचारले नवलपरासीको स्थानीय बजारमा नै खपत हुने गरेको उद्यमी सिजापतीले जानकारी दिइन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.