सर्लाही, कात्तिक १०ः आगलागीबाट ईश्वरपुर नगरपालिका १३ मुसहरी टोलका बिश्वनाथ माझीको फुसको घर जलेर नष्ट भएको छ ।
आइतबार खाना पकाउने क्रममा अचानक आगो सल्किएर आगलगी भएको बताइएका छ ।
उक्त घटनाको चौकिमा खबर प्राप्त हुन साथ चौकीबाट प्रहरी सहायक निरीक्षक बालेश्वर यादवको कमाण्डमा खटिगएको टोली र स्थानीय मानिसको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।
घर पूर्णरुपमा जली नष्ट भएको, मानवीय तथा चौपायाको कुनै क्षेति नभएको, अन्नपात, लताकपडा र भाडाबर्तन गरी करिब ५० हजार बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।