काठमाडौं, मंसिर ३ः नेपालको व्यवसायिक क्षेत्रमा अनुशासन र इमान्दार बनी GOOD WILL कमाउन सफल भएका कम्पनी मध्ये एक मानिएको कञ्चनजंघा हाउजिङ्ग लिमिटेडले गौशाला पशुपति क्षेत्रमा पुनः एक नयाँ परियोजनाकाे हालै शुभारम्भ गरेको छ ।
काठमाडौं वडा नं. ९ गौशाला स्थित श्री पशुपतिनाथको दक्षिणतर्फ रिङरोडमा जोडिएको करिब ४ रोपनी जग्गा ३६ वर्षका लागि लिजमा लिई BOOT मोडलमा संचालन गर्न यही कात्तिक २९ गते भूमि पुजन गरी निर्माण कार्य अघि बढाइएको कुरा कम्पनीका कार्यकारी अध्यक्ष श्री शिवहरी दंगालले जानकारी दिनुभएकाे हाे ।

भूमि पुजन गर्दै अध्यक्ष दंगाल श्रीमतीसहित
नेपाल खाद्य संस्थानको थापाथली स्थित जमिन भाडामा लिई नेपालकै सबैभन्दा ठूलो सिंगल विल्डिङ कम्प्लेक्स निर्माण गरी विगत १३ वर्षदेखि संचालनमा ल्याएको यस कम्पनीले ललितपुर–भैसेपाटी रेडियो टावरसँगै जोडिएको १९० वटा अपार्टमेन्ट निर्माण पनि गरेको थियो । यस्तै राजधानीको दरबारमार्ग स्थित तीन तले होटल ल्याण्डमार्क यही समुहले निर्माण गरी संचालनमा ल्याएको छ ।

यसरी नै यही कम्पनीका शेयरधनीहरुको मुख्य लगानी र सहभागितामा अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर डेभलपमेन्ट कम्पनी, अपी हाइड्रोपावर लगायत करिब १५० मेघावाटका विद्युत परियोजनाहरु निर्माण तथा संचालनमा ल्याएकाे कुरा पनि अध्यक्ष दंगालले जानकारी दिनुभयाे ।
एक अर्को जिज्ञासा प्रति अध्यक्ष दंगाल–राजधानीका प्रमुख स्थानहरुमा जमिन महंगो भएकाले जग्गा खरिद गरी व्यवसायिक भवनहरु निर्माण गर्नुको सट्टा लामो अवधिका लागि जग्गा भाडामा लिई व्यवासयिक भवन संचालन गर्नु मुनाफादायी हुने भएकाले लिजको प्रचलन आगामी दिनमा झन बढेर जाने कुरामा उहाँ विश्वस्त देखिनुहुन्छ ।

कार्यकारी अध्यक्ष दंगालका अनुसार गौशालामा निर्माण गरिने ट्रेड टावर गौशाला TTG परियोजना भवनका विशेषताहरु मध्ये बेसमेन्ट सहितको पार्किङ, भुई र पहिलो तल्लामा १०० वटा जती पसल कबल, दोस्रो तल्लामा कर्पोरेट अफिस, बैंक, इन्स्योरेन्स तेस्रो तल्लामा एयरलायन्स, कार्गो आदि चौथो र पाँचौं तल्लामा श्री पशुपतिनाथको दर्शन गर्न देखिने गरी तीन तारे होटल र सबै भन्दा माथि रेष्टुरेन्ट, सभाहल, पार्टी प्यालेस आदि अत्यधुनिक सुविधासम्पन्न भएको भवन निर्माण गरिने उहाँको भनाई रहेको छ ।
उक्त टावर निमार्णका लागि कञ्चनजंघा हाउजिङ लिमिटेडले करिब ६५ करोड लगानी गर्ने र सो मध्ये २६ करोड स्वपूँजी, ३० करोड बैंक ऋण र बाँकी ९ करोड अग्रीम बुकिङ्गबाट जुटाइने लक्ष्य लिइएको कुरा पनि बताइएको छ । साथै यस कम्पनीका भावी योजनामध्ये धितोपत्र बोर्डबाट स्विकृती लिई कम्पनीलाई आइपिओ मार्फत साधारण शेयर जारी गर्ने, कम्पनीको कार्यक्षेत्र फराकिलो बनाएर हस्पिटालिटी क्षेत्रमा काम गर्ने, देशका ७ वटै प्रदेशमा एक एक वटा परियोजना संचालन गर्ने र नगरकोट तथा जर्सिङ्गपौवामा संचालन गरिने ECO VILLAGE/ ORGANIC FARM HOUSE परियोजनामा सहभागी हुने लक्ष्य लिइएको कुरा पनि कार्यकारी अध्यक्ष श्री दंगालले रिपोर्ट नेपालको जिज्ञासामा जानकारी गराउनु भएकाे हाे ।
