अग्निदहन चलचित्रको समूह सम्मानित

रिपोर्ट नेपाल | 2018 Jul 02 | 07:55 am 3119

पोखरा, असार १८: यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीले आइतबार संयुक्तरुपमा सम्मान गरेका छन्।

चलचित्र पत्रकार संघका उपाध्यक्ष राजाराम पौडेल र पोखरा फिल्म सोसाइटीमा अध्यक्ष जीतेश प्रधानले संयुक्तरुपमा आयोजित एक समारोहका बीच चलचित्रका निर्देशक घनश्याम लामिछानेसहित कलाकारलाई सम्मान गरेका हुन् ।

सम्मानित हुने अन्य कलाकार प्रमिला तुलाचन, तुलसा जिसी, निर्मल लामिछाने र ताराबहादुर गुरुङ हुनुहुन्छ । सम्मान कार्यक्रममा पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधानले अग्निदहनले पाएको सफलताले पोखरामा क्रियाशील कलाकर्मीको हौसला बढाएको बताए।

चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडलले पोखराबाट निर्माण भएको सामाजिक चलचित्र अग्निदहन पुरस्कृत हुनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको उल्लेख गरे।

निर्देशक घनश्याम लामिछानेले आफूहरूले प्राप्त गरेको पुरस्कार आफूहरूले मात्र नभई सिंगो पोखराले पाएको बताउँदै पुरस्कारले हौसलासँगै जिम्मेवारी थपेको धारणा व्यक्त गरे।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालद्वारा निर्मित बोक्सी प्रथाको विषयमा बनेको यस चलचित्रको प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुनुहुन्छ भने निर्माताद्वय भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.