अख्तियार विरुद्ध सिरहाको नरहागाउँपालिकामा मसाल जुलुस प्रदर्शन

| 2021 Oct 03 | 09:11 am 3061

  • महेश सिंह

सिरहा, असोज १७ः अख्तियार विरुद्ध सिरहाको नरहागाउँपालिकामा मसाल जुलुस प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले सिरहाका नरहागाउँपालिकामा मसाल जुलुश प्रदर्शन गरेको जसपाका युवा नेता बिजय कुमार यादवले जानकारी दिएको छ ।

No description available.

केही दिन अगाडि मुख्यमन्त्री कार्यालयको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत खरिद भएको साइकल प्रकरणलाई लिएर अख्तियारले छापामारी गरेका थिए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा राजनीतिक षडयन्त्र पूर्वक अख्तियारले छामापारी गरेको उनीहरुको आरोप छ ।

जसपाका नेता बिजय कुमार यादवका नेतृत्वमा नहरा गाउँपालिकामा जसपाका नेता कार्यकर्ताहरुको एक समुहले गापा भरी प्रदर्शन गरेका छन् ।

लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाका नेताहरुले आपति समेत जनाएका छन् ।

स्थानीय तहहरुमा हाथमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाद, अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रदर्शन गरेका थिए। नेता यादव सिरहा क्षेत्र नम्बर ४ का लोकप्रिय नेताको रूपमा चिनिने गरेको छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.