काठमाडौं, असोज ४ : संसदीय विषेश सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको छ। मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगतै समितिले सर्वसम्मतले अनुमोदन गरेको हो ।
मिश्रले न्यायपालिकाको भावी कार्यदिशाबारे २५ पृष्ठको कार्ययोजना पेश गरेका थिए । अब मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ ।
प्रमुख आयुक्त सिफारिस घिमिरेविरुद्ध सुनुवाइ समितिमा कुनै उजुरी परेको थिएन । सुनुवाइ समितिका सांसदले सुनुवाइका क्रममा घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए । उनले जवाफ दिने क्रममा अख्तियारलाई विवादमुक्त र जनताले सम्झिने बनाउने प्रतिबद्धता जनाए ।