अख्तियारले ललिता निवास प्रकरणमा थप तीनलाई पुर्जी काट्यो

| 2019 Jun 27 | 01:17 pm 1587

काठमाडौं, असार १२: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो बुधबार ललिता निवासको जग्गा अनियमितता प्रकरणमा ८६ जनालाई बयानका लागि उपस्थितहुन सार्वजनिक सूचना जारी गरे लगत्तै आज बिहीबार सोही घटनामा मुछिएका दुई भूमाफियासहित एक कर्मचारीलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन पुर्जी काटेको छ ।

घरठेगानामा उनीहरु फेला नपरेपछि अख्तियारले बिहीबार सात दिने सार्वजनिक सूचना निकालेको छ । घर ठेगानामा म्याद टाँस गर्दासमेत अनुपस्थित भएपछि अख्तियारले बाध्य भएर सार्वजनिक सूचना निकालेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले रिपोर्ट नेपाललाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.