अख्तियारद्वारा महोत्तरीमा प्रधानाध्यापक र अध्यक्ष घुससहित पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 02 | 08:18 pm 2153

महोत्तरी, जेठ १९: विद्यालय भवन निर्माण भुक्तानी कार्य सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा महोत्तरीका एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सोही विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई घुस रकम लिने क्रममा पक्राउ गरेको हो।

विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने गोप्य सूचना एवं उजुरी निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास महोत्तरीले जनाएको छ।

प्रधानाध्यापक मण्डल र अध्यक्ष पासवानले जलेश्वरस्थित मामाज किचन फेमिली रेष्टुरेन्ट एवं गेष्ट हाउसबाट सेवाग्राहीसँग ५० हजार रुपैयाँ रकम घुस लिईरहेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।   घटनास्थलमा मुचुल्कालगायतको आवश्यक कामकाज गरी थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.