अख्तियारद्वारा मध्यपश्चिम विश्वविद्यालयको कागजात नियन्त्रणमा

| 2022 Aug 12 | 05:51 pm 2789

सुर्खेत, साउन २७ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको छ । विभिन्न विषयमा उजुरी परेको भन्दै आयोगको सुर्खेत कार्यालयले विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको हो ।

‘नियुक्ति प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा उजुरी परेको थियो,’ आयोगको सुर्खेत कार्यालयका प्रमुख भोला दाहालले भने, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया सुरु भइसकेको अवस्थामा आज आवश्यक कागजात विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायतका कार्यालयमा पुगेर नियन्त्रणमा लिएका हौं ।’

अनुसन्धानसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको तर अख्तियारले छापा नहानेको आयोगका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनले भने, ‘अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.