काठमाडौं, असार १५। ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतको आदेशले उनी २४ वैशाख २०७८ मा पाँच लाख धरौटीमा रिहा भएका थिए ।
सोही प्रकरणमा केही दिनअघि पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाहसहित चारजनामाथि सिआईबीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।