काठमाडौं, माघ ९ : पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका सचिव नारायण खनालमाथि कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्रिएको छ ।
नेकपाको कार्यालय (तत्कालीन माओवादीको केन्द्रीय कार्यालय) पेरिसडाँडाबाट फर्कने क्रममा सोमबार तीनकुनेमा आक्रमण गर्ने संग्रााम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी हिरासतमा लिएको हो । पेरिसडाँडाबाट फर्किएर पैदल हिंडिरहेका खनालमाथि दुई अज्ञात व्यक्तिले पछाडिबाट हेलमेटले आक्रमण गरेका थिए । आक्रमणमा संलग्न तामाङ पक्राउ परे पनि अर्का अझै फरार छन् ।
आक्रमणब टाउकोमा गहिरो चोट लागेका खनालको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । क्रान्तिकारीले आफ्ना नेतामाथिको आक्रमणकारी पक्राउ गर्न माग गर्दै महानगरीय प्रहरी वृत्त तीनकुनेमा उजुरी दिएको दिएको थियो ।