अक्सिजन प्लान्ट निर्माणकाे लागि पूर्व मन्त्री बिष्टले १० लाख बराबरको सहयोग गर्ने

| 2021 May 16 | 02:48 pm 4097

गुल्मी, जेठ २: पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्वर दुईका सांसद गोकर्णराज बिष्टले विश्व महामारीकाे रूपमा फैलिएकाे काेराेना संक्रमित बिरामीलाई चाहिने अक्सिजनकाे प्लान्ट निर्माणका लागि १० लाख रुपैयाँ बराबरको सहयोग जुटाइदिने बताएका छन् ।

उनले सामाजिक संजाल मार्फत भनेका छन्, नेपाल पत्रकार महासंघ गुल्मीको अभियानमा तम्घास अस्पतालमा स्थापना हुन लागेको अक्सिजन प्लान्टको कार्य स्वागत योग्य भएकाले आँफूले १० लाख रुपैयाँ बराबरको सहयोग जुटाइदिने  प्रतिबद्धता व्यक्त गर्दछु । यस अभियानमा सबैले सहयोग गर्न र एकजुट भएर लाग्न पनि उनले आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.