अक्सिजन उपलब्ध गराउनकाे लागि नेपाल महिला संघ गुल्मीकाे आर्थिक सहयोग

| 2021 May 21 | 07:54 pm 3105

गुल्मी, जेठ ७ः जिल्ला अस्पताल गुल्मीलाई नेपाली कांग्रेस गुल्मीले प्रदान गरेको अक्सिजन कार्यक्रमको लागि भातृ संगठन नेपाल महिला संघले आर्थिक सहयोग गरेको छ । नेपाल महिला संघ रेसुङ्गा नगर कार्य समितिले शुक्रबार पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई ५० हजार एक सय ७५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

महिला संघका नगर सभापति सीता पाण्डे, उपसभापति तारा पौडेल, कोषाध्यक्ष निर्मला केसी र सदस्य बसन्ता पन्थीले हस्तान्तरण गरेका हुन् । नेपाली कांग्रेस गुल्मीले जिल्ला अस्पताल गुल्मीलाई अक्सिजन उपलब्ध गराउने प्रयोजनका लागि सहयोग गरिएको बताइएको छ ।

सभापति श्रेष्ठले यसरी सहयोग प्रदान गरेको प्रति महिला संघ रेसुङ्गा नगर कार्य समितिलाई धन्यवाद व्यक्त गरे । जिल्ला अस्पतालमा अक्सिजनको चरम अभाव भएपछि गुल्मी कांग्रेसले यस अघि नै अस्पताललाई ५० वटा अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराएको थियो ।

महिला संघका सीता पाण्डे, तारा पौडेल, निर्मला केसी, कल्पना पन्थी, कमला पन्थी, खिमा बस्नेत, मन्जु पन्थी अनिशा केसी, विष्णुदेवी बस्नेत, सरिता पन्थी, संगीता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ बसन्ता पन्थी, जमुना न्यौपाने लगायत सहयोग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.