​विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ गीत सार्वजनिक (गीतसहित)

रिपोर्ट नेपाल | 2018 May 25 | 01:49 am 3203

काठमाडौं:  आगामी महिना रुसमा हुन लागेको विश्वकप फुटबल २०१८ को अफिसियल गीत सार्वजनिक गरिएको छ। ‘लिभ इट अप’ शीर्षकको गीत अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार सार्वजनिक गरेको हो।

गीतमा अमेरिकी गायक तथा रचनाकार निकी जामका स्वर रहेको छ भने विल स्मिथ र इरा इस्टनेरफीको पनि साथ छ। गीतको अडियो सार्वजनिक गरिए पनि भिडियो भने सार्वजनिक गरिएको छैन।

अघिल्लो विश्वकपमा ‘वि आर वान’ बोलको गीत बनाएको थियो। सो गितमा पिटबुल र साकिराले स्वर दिएका थिए।

जेठ ३१ गते रसियाको मस्कोमा हुने उद्घाटन समारोहमा यस गितमा कालकारले आफ्नो प्रस्तुती दिनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.