९ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

| 2023 Jul 11 | 01:22 pm 2889

झापा, असार २६ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका–९ झमकचौक बस्ने १९ वर्षीय बिबेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुरास गाउँपालिका–५ कुटिभैरी, दैलेख बस्ने २५ वर्षीय तेज बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी माथिल्लो डुङगेश्वलरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.