९ महिने बालिका अपहरण गरी हत्या, घटनाको विरोधमा औरही बजार बन्द

रिपोर्ट नेपाल | 2018 Aug 27 | 03:09 pm 2867

औरही, भदौ ११ : औरही नगरपालिकामा एक दुधे बालिकाको अपहरणपछि हत्या भएको छ । नगरपालिकाको वडा नं १ स्थित औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको हत्या भएको हो ।

बालिकाको शव सोमबार अपरान्ह औरही नगारपालिकास्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विरोधमा स्थानिय व्यापारिले विहानैदेखि औरही बजार बन्द राखेका छन् ।

उनको हत्या कसरी भयो खुल्न सकेको छैन । तर घटनस्थलबाट प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बालिकाको शरीरभरी नील डाम देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.