८० हजार घुससहित रुपन्देहीका जिल्ला न्यायाधीवक्ता पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 20 | 02:40 pm 1593

रुपन्देही, मंसिर ४ : सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला अवैध घुससहित पक्राउ परेका छन् ।  काठमाडौंबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भैरहवामा ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।

अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धान पछि उनलाई अख्तियारको टोलीले काठमाडौं ल्याउने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.