७ अर्ब ७८ करोडकाे ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

रिपोर्ट नेपाल | 2018 Nov 12 | 02:37 pm 1772

काठमाडौं, कात्तिक २६  : नेपाल राष्ट्र बैंकले भाेलि मंगलबार ७ अर्ब ७८ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । ट्रेजरी बिल खरिद गर्नका लागि अाज सोमबार नै बोलकबोलमा सहभागी बन्नुपर्ने छ । अनलार्इनमार्फत अाज दुर्इ बजेसम्म यसका लागि अावेदन गर्न सकिने राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकले ट्रेजरी बिललार्इ तीन फरक अवधिमा वर्गीकरण गरेर बिक्री गर्न लागेकाे हाे । २८ दिन अवधिको लागि ३ अर्ब २५ करोड, ९१ दिन अवधिको लागि २ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिन अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको बिल जारी गर्न लागेको जनाइएकाे छ ।

१ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्रलार्इ ट्रेजरी बिल भनिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.