७८ लाख ५० हजार सहित २ हुण्डी कारोबारीहरु पक्राउ 

रिपोर्ट नेपाल | 2023 Feb 06 | 08:27 am 185

काठमाडाैं, माघ २३ः काठमाडाैं उपत्यकाको न्युरोड एरियामा बिभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचनाकाे आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका ९ घर भई हाल काठमाडाैं बिजुली बजार बस्ने बर्ष २३ को किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका १० घर भई हाल काठमाडाैं बिजुली बजार बस्ने बर्ष ५९ को दिपेन्द्र बहादुर मल्ल रहेका छन् ।

नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र नलिई बित्तिय कारोवार गर्ने कार्यमा संलग्नहरुको निग्रानी राखी
खोजतलास गर्ने क्रममा मिति २०७९।१०।२० गते उनीहरुलाई हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद रु.७८ लाख ५० हजार रकम र चार लाखको चेक सहित तत्काल पक्राउ गरी नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडाैं पठाईएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले बताए ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु:
१. उनीहरु मध्ये पक्राउ परेका दिपेन्द्र मल्लले विगत ५ बर्षदेखि र किशोर चौधरीले विगत ४ महिना देखि न्यूरोड एरियामा रहेका विभिन्न व्यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंक डिपोजिट मार्फत् रकम व्यवस्थापन गर्ने कार्य गर्दै आएको ।
२. उनीहरुले अर्का एक व्यक्तिको मातहतमा बसी दैनिक औषत १ करोड भन्दा माथिको रकम कारोबार गर्ने गरेको देखिएको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.